स्याङ्जामा ४ नेविसंघ, १ अनेरास्ववियु र ३ क्याम्पसमा निर्वाचन हुन सकेन

२०८१ चैत्र ६, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खड्का
स्याङ्जा,६ चैत । आठ वटा क्याम्पस रहेको स्याङ्जा जिल्लामा चैत ५ गते ५ क्याम्पसमा स्वतन्त्र विधार्थि युनियनको निर्वाचन सम्पन्न भएको छ भने तीन क्याम्पसमा निर्वाचन हुन सकेको छैन । जस अन्तर्गत ४ वटा क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विजयी प्राप्त गरेको छ भने १ वटामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले विजयी प्राप्त गरेको छ ।

नेविसंघले स्याङ्जाको त्रिभुवन आदर्श बहुमुखी क्याम्पस,बालिङ बहुमुखि क्याम्पस,राधा दामोदर संस्कृत विधापिठ चापाकोट र मालुङ्गा बहुमुखि क्याम्पसमा विजयी गरेको नेविसंघका जिल्ला सभापति गौरव प्रधानले जानकारी दिनुभयो ।

अनेरास्ववियुले फेदिखोलाको सिदार्थ सामुदायिक बहुमुखि क्याम्पसमा विजयि गरेको अनेरास्ववियुका जिल्ला सभापति संगम शाहीले जानकारी दिनुभयो ।

मिर्मि बहुमुखी क्याम्पस , गल्याङ बहुमुखी क्याम्पस र चापाकोट बहुमुखी क्याम्पसमामा निर्वाचन हुन सकेन ।

नेविसंघ बाट त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा सभापति देवदत्त सुवेदी, वालिङ बहुमुखी क्याम्पसमा सभापतिमा निरज श्रेष्ठ, राधा दामोदर संस्कृत विधापिठ क्याम्पसमा सभापति रविन भट्टराई र मालुङ्गा बहुमुखी क्याम्पसमा सभापति गोविन्द भण्डारी रहनुभएको छ भने अनेरास्ववियु बाट फेदिखोला सिदार्थ बहुमुखि क्याम्पसमा सभापति प्रतीक्षा गोदार रहनुभएको छ ।

त्रिभुवन आदर्श क्याम्पसमा ५३४ मतदाता मध्य जम्मा ३९३ मत खसेकोमा सभापति तर्फ नेविसंघका देवदत्त सुवेदीले ३०९ र उहाँका प्रतिद्धन्द्धी अनेरास्ववियुका विपना सुनामले जम्मा ८० मत प्राप्त गर्नुभएको थियाे ।

साेहि क्याम्पसमा प्यानलनै विजयी संघ असिम भण्डारी सचिवमा  २९१ मत प्राप्त गर्नुभएको छ भने समिक्षा मरासिनी काेषाध्यक्षमा ३०६,शक्ति नेपाली सदस्य ३०१, ईमत्याज मियाँ सदस्यमा २९४, बिन्दु बि.क. सदस्यमा २९३, साेफिया जि.टी. सदस्यमा २९१, रितु कार्की सदस्यमा २९० मत प्राप्त गर्दै जित्न सफल रहनुभएको छ।

त्यसै गरी अनेरास्ववियु तर्फ समुन्द्र शर्मा सचिवमा ९४ मत,मनाेज कुमार नेपाली काेषाध्यक्षमा  ८० मत, स्नेह सेन सदस्यमा ८० मत, साेनिया गुरूङ सदस्यमा ८६ मत,  साेनिका थापा सदस्यमा ८५ मत र लेविस्का गुरूङ सदस्यमा ९६ मत प्राप्त गर्नुभएको छ।

त्यसैगरी स्याङ्जाको वालिङ् नगरपालिका ९ मा रहेको वालिङ् बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका निरज श्रेष्ठ विजयी हुनुभएको छ भने सचिवमा अनेरास्ववियुकी बिना रेग्मी विजयी हुनुभएको छ ।

मंगलबार सम्पन्न मतगणनामा नेविसंघका निरज श्रेष्ठले ३७७ मत प्राप्त गर्दै  स्ववियु सभापतिमा निर्वाचित  हुनुभएको छ भने अनेरास्ववियु बाट सभापतिका उम्मेदवार बनेका विष्णु पङ्गेनीले ३४२ मत प्राप्त गर्नुभएको छ।

अनेरास्ववियुबाट सचिवका उम्मेदवार बिना रेग्मीले ३६६ मत प्राप्त गर्दै जीत हासिल गर्नुभएको छ भने  नेविसंघ बाट उम्मेदवार बनेकी ममता रेग्मीले जम्मा ३४३ मत प्राप्त गर्दै हार बेहोर्नु परेको छ। त्यसैगरी  कोषाध्यक्षमा नेविसंघका विवेक कुँवरले ४०६ मत र  अनेरास्ववियुका भुम बहादुर रानाले २९२ मत प्राप्त गर्नुभएको छ।

सदस्यमा नेविसंघका उम्मेदवार पुजा कोइराला ४०३ मत  नम्रता पौडेल ३९५ मत, पवित्रा विक ३९८ मत , प्रवेश पौड्यालले ४२२ मत, दिपा कुमारी आलेले ३९३ र याम प्रसाद पङ्गेनी (सन्दिप) ४२४ मतसहित निर्वाचित हुनुभएको छ भने अनेरास्ववियु बाट सदस्य पदका उम्मेदवार कविता रानाले ३०३ मत, सफल लुइँटेलले ३१८ मत, भीमप्रसाद डुम्रेले २९९ मत, अमन परियारले २८१ मत, सुरक्षा खत्रीले ३०४ मत  र स्नेहा एस के ले २७८ मत प्राप्त गर्नुभएको थियो । ९ सय ९४ मतदाता रहेको वालिङ् बहुमुखी क्याम्पसमा ७२८ मत खसेको थियो।

स्याङ्जाकै फेदीखोलाको सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसमा अनेरास्ववियुकी प्रतीक्षा गोदारले ३८ मत प्राप्त गरेर नेविसंघका शैलेश थापालाई चार मतले पराजित गर्दै  जीत हासिल गर्न सफल रहनुभएको छ।  त्यसैगरी  ३७ मत प्राप्त गर्दै अनेरास्ववियुकै श्रीसा कार्कीले सचिव पदमा विजयी हुनुभएकाे छ भने दुई मतले पछि पर्दै  विजय अधिकारी नेविसंघ बाट ३५ मत प्राप्त गर्नुभएको छ। फेदीखोलामा अनेरास्ववियुको प्यानलले नै जीत हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय