राप्रपाको आह्वान : एकजना पत्र काट्न तयार बसेको छ, फोहोर नगर्नुहोला

२०८१ चैत्र २६, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, २६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीको आमसभा आज काठमाडौंको बल्खुमा चलिरहेको छ । बागमती प्रदेश कमिटीद्वारा आयोजित खबरदारीसभा काठमाडौंको बल्खुमा चलिरहेको हो ।

पार्टी महामन्त्रीसमेत रहेका सचिवालय प्रमुख राजेन्द्र गुरुङले उद्घोषकका रूपमा कार्यक्रम सञ्चालन गरिरहेका छन् । उनले कार्यक्रममा सहभागी नेता कार्यकर्तालाई  सभास्थलमा फोहोर नगर्न आह्वान गरिरहेका छन् । बीचबीचमा उनले भनिरहेका छन्, ‘साथीहरू पानी खाएर बोतल जताततै नफालिदिनुहोला, फोहोर नगरिदिनुहोला, एक जना पत्र काट्न तयार बसेको छ ।’

उनले एक जना भनेर काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहलाई इङ्गित गरेका हुन् । यसअघि राप्रपालाई बालेनले एक लाख रुपैयाँ जरिवाना तिराएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार