पूजा खड्का
काठमाडाै,६ वैशाख । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसियसनले काठमाडाैमा आयोजना गरेको कार्यक्रममा महामन्त्री गगन थापाले रोजगारी समस्याको समाधान नेपाली कांग्रेसको दायित्व भएको बताउनु भएको छ।
उहाले कांग्रेसले समस्या देखाएर मात्र हुँदैन समस्याको समाधानको लागि विकल्प सहित अघि बढ्न आवश्यक रहेको बताउनुभयो। उहाले भन्नुभयाे, नेपाली कांग्रेसले समाधान दिन सक्नुपर्छ यो हाम्रो कर्तब्य हो भन्दै रोजगारीको समस्या समाधान दिनु आबस्यक रहेको बताउनुभयो।
अव पार्टीको सिद्धान्त अनुरूप दृष्टिकोणको साथमा काम गर्ने कार्यशैली र तरिका बदल्नुपर्ने भन्नु भयो। उहाले समस्या भएको ठाउँमा कांग्रेस पार्टी छ र पार्टीले समाधान दिन्छ भन्ने समाधान युक्त ससक्त पार्टी बनाएर अघि बढ्न आवश्यक रहेको बताउनुभयो।
उहाले वैदेशिक रोजगारीको क्षेत्रलाई तिरस्कार गर्न नहुने बताउँदै यस अभियानमा हाम्रो टीम ले काम गरिरहेको छ भन्दै यसको लागि विश्वविद्यालय तथा शैक्षिक संस्थासँग आफूहरुको साझेदारी भइरहेको बताउनुभयो। उहाले अब एशोसिएसन सँग पनि काम गर्दै अघि बढ्ने बताउनुभयो। त्यसै गरी वैदेशिक रोजगारीको क्षेत्रलाई तिरस्कार तथा गालीको क्षेत्र नभै हामी सँगसँगै बसेर कस्ता मान्छे काम गर्न गएका छन् र किन गएका छन् र को जाने को नजाने भन्ने बारेमा ज्ञान उत्पादन गर्ने ठाउँमा हामी बसेर काम गर्दै रोजगार को विषयको समाधान खोजी गर्दै अघि बढ्ने बताउनुभयो।