नारायणी नदी पसेका दिदी भाइ बेपत्ता

२०८१ चैत्र २७, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चितवन,२७ चैत । नारायणी नदीमा डुबेर एकैघरका दिदी भाइ बेपत्ता भएका छन् । गैँडाकोट नगरपालिका वडा नं. १ कुमालटोल बस्दै आएका १३ वर्षकी दीक्षा  सेर्पुजा  र ९ वर्षका स्वप्निल सेर्पुजा गैँडाकोट नगरपालिकाको ब्रिटिसक्याम्प स्थित नारायणी नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

आज साँझ हजुरआमासँगै ब्रिटिसक्याम्प गएका थिए ।सोही क्रममा हजुरआमाको चप्पल नारायणी नदीमा खसेको र चप्पल समाउन भन्दै दिदी भाइ नदीमा हेलिएका थिए । आज साँझ पौने ६ बजे नारायणीको भंगालोमा परेपछि बाहिर निस्किन नसकेको जनाइएको छ ।

दीक्षा र स्वप्निल स्थानीय नेपाल राष्ट्रिय शम्सेर आदर्श माध्यमिक विद्यालयमा कक्षा ७ र कक्षा ४ को वार्षिक परीक्षा दिएर नतिजाको पर्खाइमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय