स्याङ्जामा नया प्र जि अ को राजनैतिक दलसँग परिचयात्मक कार्यक्रम

२०८१ चैत्र ३०, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खड्का
स्याङ्जा, ३० चैत । स्याङ्जामा  प्र जि अ सुनिता नेपालको सरुवा सँगै नया प्र जि अ को जिम्मेवारीमा ईश्वरी प्रसाद अर्याल आउनुभएकाे छ ।

शुक्रबार राजनैतिक दल सङ्ग परिचयात्मक कार्यक्रम सँगै जिल्लाका जनप्रतिनिधी, पत्रकार सङ्ग परिचयात्मक भेटघाट र छलफल कार्यक्रम निरन्तर रुपमा अघि बढाइने सहायक प्र जि अ दीपक पौडेलले जानकारी दिनुभयो।

स्याङ्जा जिल्ला कार्यालयमा पदस्थापना भई आउनु भएका प्र जि अ  इश्वरी प्रसाद अर्याल  र जिल्लाका प्रमुख राजनीतिक दल नेपाली कांग्रेसका कार्यबाहक सभापति केदार काफ्ले, नेकपा एमालेका अध्यक्ष पारस गैह्रे, नेकपा माओवादी केन्द्रका नारायण लम्साल,रा स्व पा का रामप्रसाद भुसाल, एकीकृत समाजवादीका शंकर कार्की, जनमोर्चाका राजेन्द्र गैह्रे तथा पार्टीका प्रमुख तथा प्रतिनिधि बिच परिचयात्मक कार्यक्रम शुक्रबार सम्पन्न भएको हो।

कार्यक्रममा विविध पार्टीका प्रमुख उपप्रमुख सचिव र तथा प्रतिनिधिहरुको सहभागिता रहेको उक्त कार्यक्रममा उपस्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि हरूले जिल्लाको समग्र कार्यमा दलको साथ रहने कुरा व्यक्त गर्नुभएको थियो। त्यसै गरी काम गर्ने शिलशिलामा विकास निर्माण का कार्यमा समन्वयात्मक हिसाबमा अघि बढ्दै आम नागरिकलाई सहज हुने तरिकाबाट अघि बढ्न दलहरु तयार रहेको विषय मा उल्लेख भएको थियो। सेवा प्रबाहमा आम नागरिकलाई समस्या नबनाइकन सहयोग गर्न प्रशासन लाग्नुपर्ने र प्रशासन ले दुःख नदेओस् यसको लागि समस्या भएमा वडा पालिका सङ्ग समन्वय गरेर सेवा प्रबाह मा सहज बन्न सुझाव राजनैतिक दल हरुको रहेको थियो। उहाँहरूले शान्ति सुरक्षा विपद् व्यवस्थापनको लागि मानविय विवेक प्रयोग गरी अघि बढ्न पनि सुझाब गर्नुभएको थियो।

कार्यक्रम मा प्र जि अ इश्वरी प्रसाद अर्याल बोल्दै समग्र स्याङ्जाको विकासको लागि प्रशासन र राजनीति को उत्तिकै हात रहने बताउँदै प्रशासन र राजनैतिक दल एक सिक्का का दुई पाटा भएको उल्लेख गर्नुभएको थियो। उहाले सबैले आ आफ्नो जिम्मेवारी बहन गर्दै कार्य गरेको खन्डमा विकास निर्माणमा सहज हुने बताउनुभयो। समग्र पक्षको सहयोग र समन्वयमा शान्ति सुरक्षा, सेवा प्रवाह, विकास निर्माण र सुशासन थप प्रभावकारी र नतिजामुखी बनाउन आफू लागि पर्ने र कसैलाई पनि काखा पाखा नगरिकन शुद्ध प्रशासनीक हिसाब मा सहजीकरण गर्ने बताउनुभयो।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। उहाले परिचयात्मक कार्यक्रममा जिल्ला प्रशासन कार्यालयले समस्या हेरिकन सेवा प्रबाह गरिरहेको र आउँदो दिनमा पनि त्यसरी नै अघि बढाउने बताउनुभयो। त्यसै गरी उहाले टाढाबाट आउनेहरुलाई सहजीकरण को साथमा कार्य गरिरहेको बताउँदै विपद् घटना को लागि प्रयाप्त सामग्री प्रशासनमा नभएको हुँदा पालिका को सहयोग र समन्वयमा अघि बढ्नुपर्ने यसको लागि राजनैतिक दलहरुले पनि सहयोग गर्नुपर्ने धारणा राख्नुभएको थियो।

उहाँ अघि प्र जि अ मा रहनुभएको सुनिता नेपालले पनि जिल्लाको समग्र विकासको लागि सहज हुने किसिमबाट सेवा प्रबाह गरिरहनु भएको र नागरिक मैत्री भएर सहजीकरण गर्नुभएको थियो।

जिल्ला प्रशासन कार्यालय स्याङ्जामा सरूवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्याल संग ३१ गते आईतवार विहान ११ बजे स्याङ्जाका सम्पूर्ण पत्रकार साथिहरूसंग परिचयात्मक कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय