प्रतिगमनलाई बल पुर्‍याउनेलाई परास्त गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ

२०८२ बैशाख ९, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ९ वैशाख । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रतिगमनलाई बल पुर्‍याउनेहरुलाई परास्त गर्नुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिस्ट आन्दोलनको ७५ वर्ष र अबको कार्यभार विषयक विचार गोष्ठीमा बोल्दै श्रेष्ठले यथास्थितिवादकै कारण प्रतिगमनकारीहरुले टाउको उठाइरहेको भन्दै त्यसलाई परास्त गर्नुपर्ने बताएका हुन् ।

यथास्थितिवाद सत्ताभोग, भ्रष्टाचार र निरंकुशताको मुख्य पक्ष बनेको उनको बताउनुभयो । श्रेष्ठले सरकार यथास्थितिवादको मुख्य बाहकको रुपमा रहेकाले त्यसकाविरुद्ध पनि संघर्ष गरेर मात्रै प्रतिगमनविरुद्धको लडाईलाई सफल पार्न सकिने तर्क गरे ।

त्यस्तै उहाले कम्युनिष्ट पार्टीहरुसँग एकता र ध्रुवीकरण प्रक्रियाअघि बढाउँदै वामपन्थी पार्टीहरुको वामपन्थीकरणका लागि प्रयत्न गर्नुपर्ने बताए ।

उनले संविधानको कार्यान्वयन गर्दै सामाजिक आर्थिक रुपान्तरण गर्नुपर्ने आवश्यकता रहेको जिकिर गरे । सकक, सदन र सरकारको मोर्चालाई संयोजन गरी शान्तिपूर्णबाटोबाट समाजवादउन्मुख समृद्धिलाई मूल कार्यदिशा बनाउनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय