ओलीमा एक प्रकारले हतास मनस्थिति देखिएको छ : अग्नि सापकोटा

२०८२ बैशाख १०, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १० वैशाख । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले केपी ओली नेतृत्वको सरकारलाई निभ्न लागेको दियोको संज्ञा दिएका छन् । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा सापकोटाले गुम्न लागेको साखलाई जोगाउन प्रधानमन्त्री ओलीले विभिन्न उटपट्याङ काम गरिरहेको आरोप लगाए ।

‘गुम्न लागेको साखलाई जोगाउन प्रधानमन्त्री ओलीले अनेक गरिरहेका छन् । एक प्रकारले हतास मनस्थिति देखिएको छ । निब्दै गरेको बत्ती हो कि जस्तो देखिएको छ । विपक्षीलाई त पहिलेदेखि नै गाली गरिरहनुभएको थियो । तर पछिल्लो समय पार्टीका नेताहरूसँग पनि रिसाइरहनुभएको छ’, उनले भने ।

माओवादीलाई कतै न कतै बदनाम गर्न सकिन्छ कि भनेर ओलीले उटपट्याङ काम गरिरहेको भए पनि आफूहरू स्पष्ट एजेन्डा लिएर जनतामा गएको जिकिर गरे । साथै राजतन्त्र कस्तो हुँदोरहेछ भन्ने कुरा चैत १५ गते राजावादीको तीनकुनेमा भएको घटनाले युवा पुस्तालाई स्पष्ट पारेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय