यमकला अधिकारी
पाेखरा ,११ बैशाख । देशमा रहेका साना तथा सिमान्त वर्गका व्यक्तिहरूलाई वित्तीय सेवा प्रदान गरी नेपालमा गरिबी रहेसम्म ”गरिबी विरुद्ध हाम्रो लडाई” निरन्तर जारी रहनेछ भन्ने मूल नारा सहित वैशाख ६, ७ र ८ गते तीन दिने तालिम कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम पाेखराकाे रबि होटलमा सम्पन्न भएको हाे ।
देशमा रहेका गरिबी न्यून वर्गका व्यक्तिहरूलाई पिछडिएका वर्गहरूको सेवा गर्ने र शिक्षित युवाहरूलाई देशमै बस्ने वातावरण सिर्जना गर्न रोजगारी को पहल गर्दै यो तालिम सुचारु गरिएको थियो। यस तालिम मार्फत देशको गरिबी न्यूनीकरण गर्ने र शिक्षित युवालाई रोजगारी प्रदान गर्ने उद्देश्यअनुरूप “नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड ” मार्फत यस संस्थामा सेवा प्रवेश पूर्व सैद्धान्तिक तालिम कार्यक्रम सञ्चालन गरिएको हो।
तालिम प्रशिक्षण गर्नका लागि नेस्ट समृद्ध लघु वित्त संस्थाका संस्थापक अध्यक्ष डा. विश्व प्रकाश प्रसाइले दिनुभएको थियो। उहाँले तालिममा लघुवित्तको महत्व साथै लघुवित्तको कर्मचारीमा हुनुपर्ने सबै व्यवहार, बेहोरा , गुणहरूको बारेमा बताउनुभएको थियो। उहाँले यसै तालिममा लघुवित्तको कर्मचारीले अन्य मानिसलाई कसरी राजी बनाउने, ऋण कसरी लिने, संस्थामा कसरी सामेल गर्ने, समूह कसरी बनाउने, समूहमा कसरी काम गर्ने भन्ने जानकारी गराउनु भएको थियो।
तालिममा जम्मा ८५ जना उम्मेदवारहरूको सहभागी रहेको थियो। तालिम कार्यक्रम संस्थापकका कायम मुकायम कार्यकारी प्रमुख युधिष्ठिर भुसाल शर्माको अध्यक्षता, संस्थापक अध्यक्ष विश्व प्रकाश पर्साईको प्रमुख अतिथि, मानव संसाधन प्रमुख उत्तमप्रसाद अधिकारीको स्वागत मन्तव्य, पोखरा बिरौटाका शाखा प्रमुख लक्ष्मीगाहको संस्थापक प्रतिज्ञा, एवं मानव संसाधन अधिकृत ईश्वरी प्रसाद शर्माको सञ्चालनमा कार्यक्रम समापन भएको थियो।