कृष्ण बस्याल
स्याङ्जा,११ जेठ । महिला शिक्षिका मात्र रहेको गल्याङ नगरपालिका ३ लल्याङ स्थित श्री ज्ञानज्याेती आधारभुत विधालयलाई वडा अध्यक्षले सहयोग गर्नुभएको छ ।
गल्याङ नगरपालिकाका नगर प्रवक्ता तथा वडा नम्बर ३ का वडा अध्यक्ष कृष्ण भट्टराईले फाेटाेकपी सहितकाे प्रिन्टर आइतबार स्कुललाई हस्तान्तरण गर्नुभएको हो ।
यसरी महिला मात्र शिक्षिका रहेको स्कुलमा प्रीन्टर सहयोग प्राप्त गर्दा निकै खुसी लागेको बिद्यालयकी प्रधानाध्यापक सरस्वती भट्टराईले बताउनुभयाे ।
२०४६ सालमा स्थापना भएको स्याङजाको गल्याङ नगरपालिका ३ लल्याङमा रहेको श्री ज्ञानज्योती आधारभुत बिद्यालयमा हालसम्म महिलाहरुले मात्रै बिद्यालय संचालन गर्दै आउनुभएकाे छ । चुलो चौकामा मात्र सिमित महिलाहरु अवसर पाए पुरुष सरह काम गर्न सक्छन भन्ने उदाहरण यो बिद्यालयका शिक्षिकाहरुले देखाउनुभएकाे छ ।