काठमाडौं,१९ जेठ । यातायात व्यवसायीको आन्दोलनका क्रममा सडकमा हडताल गर्न निस्किएको आरोपमा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ ।
काठमाडौंबाट १२ र पूर्वी नवलपरासीमा २ जना पक्राउ परेकाे केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाले जानकारी दिनुभयाे । ‘उहाँहरू विरुद्ध काठमाडौं र पूर्वी नवलपरासीको जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान भइरहेको छ ।