सार्वजनिक यातायात नचल्दा यात्रुहरु परे मर्कामा

२०८२ जेष्ठ १९, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,१९ जेठ । सार्वजनिक यातायात नचल्दा यात्रुहरु मर्कामा परेका छन् ।

यातायात व्यवसायीहरुले सोमबारदेखि देशभर अनिश्चितकालीन बन्दको घोषणा गर्दै यातायात सेवा ठप्प पार्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको हो  ।

सार्वजनिक यातायातका साधन बन्द हुँदा देशभर यसको प्रभाव परेको छ । दैनिक कामकाजका लागि सार्वजनिक यातायातको प्रयोग गर्ने तथा आफ्नो गन्तव्यमा पुग्ने सर्वसाधारण समेत अलपत्र परेका छन्। केही सार्वजनिक ट्याक्सी, साझा यातायात चलेपनि अन्य निजी बाहेकका सवारी साधन भने चलेका छैनन् ।

गण्डकी प्रदेश सरकारले संविधानविपरीत राइड सेयरिङ नियमावली ल्याएको भन्दै ७ बुँदे मागसहित सोमबार देशैभरीका सार्वजनिक यातायत बन्द गर्ने सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय