पार्टीको नेतृत्व छान्ने जिम्मा क्रियाशील सदस्यलाई दिनुपर्छ : महामन्त्री थापा

२०८२ जेष्ठ ३१, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खड्का
 काठमाडाै,३१ जेठ । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाले पार्टी को नेतृत्व छान्ने जिम्मा क्रियाशील सदस्यलाई दिनुपर्ने बताउनुभएकाे छ ।
उहाले नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ६ प्रदेश क काठमाण्डौ को तेस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रम लाई सम्बोधन गर्दै शनिबार नेतृत्व छान्ने जिम्मा क्रियाशील सदस्यलाई दिनुपर्ने बताउनुभएको हो। उहाले वडा अध्यक्ष छनोट गर्न वडाका क्रियाशील सदस्यको जिम्मेवारी रहने बताउनुभयो। त्यसै गरी संघ प्रदेश को पनि त्यसरी नै छनोट गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो।

उहाले पार्टी को विधान माथि छलफल गरेर पार्टी मा कति कमिटी आवश्यक पर्छ, नेतृत्व वर्ग छनोट प्रक्रिया कसरी अघि बढाउने भन्ने विषय मा छलफल गर्दै सुधार गरेर अघि बढ्नुपर्ने बताउनुभयो।

महामन्त्री थापाले नेपाली कांग्रेस त्रिभुज आकारमा नेतृत्व, संगठन र विचारको समिश्रण सहित त्रिकोण मा रहेको उल्लेख गर्नुभयो। थापाले भन्नुभयो ( ूआम नागरिक पार्टी प्रति असन्तुष्टि छ, क्रूर छ तर निराश भएको छैन, कांग्रेस प्रति अझ पनि आम नागरिक आशाबादी छ, जुन पार्टी प्रति आशा लाग्छ, त्यहा असन्तुष्टि रहन्छ नै ू भन्दै महामन्त्री थापाले पार्टी प्रति असन्तुष्टि र क्रूरता व्यापक रुपमा रहेको उल्लेख गर्दै असन्तुष्टि मेटाउने गरी भरोसा र चाहाना पूरा गर्न सक्छौं सक्दैनौं यो चुनौतीको विषय रहेको जिकिर गर्दै असन्तुष्टि मेटिने गरी पार्टी अघि बढ्न आवश्यक रहेको बताउनुभयो।

उहाले पन्ध्र सालको चुनाव मा भन्दा ४८ सालको चुनाव मा पार्टीले धेरै मत प्राप्त गरेको स्मरण गर्दै संगठन धेरै भएर मात्र नहुने उल्लेख गर्दै त्यतिबेलाको सँगठन खोजपूर्ण रहेको हातको औलाले क्रियाशील सदस्यता गन्न सकिने अवस्थामा रहेको उल्लेख गर्नुभयो। अहिले ४८ को ठीक विपरीत अंक ८४ मा प्रवेश गर्दै छौ । पार्टी व्यवस्थित बनाएर मात्र हुँदैन आम नागरिक को असन्तुष्टि मेटिने गरी अघि बढ्न जरुरी रहेको उल्लेख गर्नुभयो। उहाले छट्टु हरु आउने जाने क्रम रहिरहन्छ विधि को शासन मा रहेर प्रेस स्वतन्त्रता लाई महत्व दिँदै गल्ती कमजोरी लाई ख्याल गर्दै भ्रष्टाचार विरुद्ध अभियान मा खुला रुपमा लाग्न एकजुट हुनुपर्ने बताउनुभयो।

थापाले ८३ सालको मंसिर अघि पार्टी को अधिवेशन सक्नुपर्ने उल्लेख गर्दै यसलाई विधिको शासन मा रहेर अघि बढ्न ध्यानाकर्षण गर्दै कुनै पदीय व्यक्तिको भनाइको आधारमा पछि सार्न नहुने बताउनुभयो। उहाले पार्टी सुदृढीकरण को लागि पार्टी भित्रको गुट उपगुट ले पार्टी मा देखिएको समस्या अन्य गर्नको लागि “हरेक क्रियाशील सदस्यले पार्टी सभापति लाई मतदान गर्न पाउनुपर्छ  ” ।  उहाले यसरी हरेक क्रियाशील सदस्यलाई वडाको नेतृत्व चयन देखि केन्द्रको नेतृत्व चयन गर्ने जिम्मा दिने हो भने पार्टी मा गुट उपगुट अन्त्य हुँदै असल नेतृत्व चयन गर्न सकिने जिकिर गर्नुभयो। पार्टीको कुनै पनि नेतृत्व वर्गमा नै नरहेर खाट्टी कांग्रेस बनेको व्यक्तिबाट पार्टी बलियो रहेको र आज सम्म अघि बढेको उल्लेख गर्दै तल्लो तह मा रहेर पार्टीको लागि चिन्तन गरेको मा सम्पूर्ण प्रति धन्यवाद व्यक्त गर्नुभयो। त्यसै गरी उहाले स्थानिय सदस्यलाई कमजोर बनाउन नहुने भन्दै नेतृत्व माथि बाट छनोट गर्ने परिपाटी अन्त्य हुनुपर्ने बताउनुभयो।

उहाले क्रियाशील सदस्य तिथि मिति पछि मात्र रिनिऊ गर्ने चलन अहिले तिथि मिति थाहा नहुँदा पनि अघि बढिरहेको जिकिर गर्दै क्रियाशील सदस्य बनाउँदा फोन नम्बर सहितको विवरण हुनुपर्ने बताउनुभयो। यसले मूल्यांकन को लागि सहज हुने पनि उल्लेख गर्नुभयो। पार्टी को लागि कति समय दिएको छ सहभागी भएको छ त्यसको मूल्यांकन को पनि ख्याल गर्नुपर्ने बताउँदै क्रियाशील संख्या घटे पनि विवरण आवश्यक रहने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय