काठमाडौं ,३१ जेठ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुलुकको शासन प्रणाली र निर्वाचन प्रणालीमा बहस हुन जरुरी रहेको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा बरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीद्वारा लिखित नेपालमा निर्वाचन प्रणालीः तुलनात्मक अध्ययन पुस्तक लोकार्पण गर्दै सभामुख घिमिरेले अहिलको शासन प्रणाली र निर्वाचन प्रणालीका बिषयमा बिभिन्न ढंगले टिप्पणीहरु हुँदै आएकाले संविधान संशोधनका क्रममा त्यसमा बहस गर्न जरुरी रहेको बताउनुभएको हो ।


शासन प्रणालीमा अस्थीरता र अपेक्षा गरेका कुराहरु प्राप्त नभइरहदा जनताले शासन गर्ने पद्धतीलाई प्रभावकारी बनाउनुपर्ने उहाले बताउनुभयो । उहाले राजनीतिक दलहरूको भूमिकाको समस्या हो की ? प्रणालीको दोष हो भन्नेमा बढि बिबेचना हुन जरुरी रहेको उल्लेख गर्नुभयो ।
त्यस्तै सभामुख घिमिरेले संघीय संसदलाई प्रभावकारी रुपमा अघि बढाउन देखिएका समस्याप्रति पनि पनि छलफल गर्नुपर्ने बताउनुभयो ।