काठमाडौं,१ असार । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा नैतिक प्रश्न उठाउनुको कुनै अर्थ नभएको जिकिर गर्नुभएकाे छ ।


आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक घिमिरेले रास्वपाका सहकारी ठगीको आरोपमा पाँच पाँच वटा अदालतमा मुद्दा खेपिरहेका रवि लामिछाने अझै पार्टी सभापति र संसदीय दलको नेता रहेकोमा प्रश्न उठाउनुभयाे ।
‘अध्यागमनका सामान्य कर्मचारीले गरेको बदमासीका कारण गृहमन्त्रीको राजीनामा मागेर संसद् अवरोध गर्नेको पार्टीका सभापति पाँच पाँच वटा अदालतमा मुद्दा खेपिरहेका छन् । सभापतिमा बस्न मिल्छ कि मिल्दैन ? रास्वपाको संसदीय दलको नेता रवि लामिछाने नै हुनुहुन्छ । निलम्बन भइसकेका दलको नेता रहेकाले राजीनामा दिन मिल्छ कि मिल्दैन ? नै रास्वपाले नैतिकताको प्रश्न उठाउनु कति उचित रहन्छ ?’, उहाँले प्रश्न उठाउनुभयाे ।