काठमाडौं,१ असार । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको विगतको सहकार्य स्मरण गर्नुभएकाे छ । आगामी आर्थिक वर्षको बजेटमाथि संसदमा पार्टीको धारणा राख्दै पुनले केही दिनअघिसम्म संसद अवरोधमा सँगै उभिएको स्मरण गर्दै रास्वपालाई बजेट छलफलमा सहभागी हुन आग्रहसमेत गर्नुभएकाे हाे ।
पुनले भन्नुभयाे,‘हामीले आमज नताको भावना र सुझावलाई ध्यानमा राख्दै भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ भनेका थियौं । तर, राजीनामा दिने नदिने कुरा व्यक्तिको निजी निर्णय हो । गृहमन्त्रीले छानविनका लागि तयार रहेको प्रतिबद्धता जनाउनुभएको छ ।’


‘रास्वपाका माननीयज्यूहरूलाई पनि अनुरोध गर्दछु । तपाईंहरू नयाँ दल हुनुहुन्छ । संसदीय संघर्षमा अझै अनुभव नपुग्न सक्छ । हामीसँग सिक्न सक्नुहुन्छ, पुनले भन्नुभयाे, ‘साथै उहाँले माओवादी गृहमन्त्रालय सम्हाल्दा डराएको भन्ने केहीको टिप्पणीप्रति आपत्ति जनाउँदै भने, ‘हामी छानविनका लागि तयार छौं । कुनै डर, लेनदेन वा दबाबको विषय होइन ।’