मेराे जवाफ सुनेर रास्वपा पछि हट्याे : श्याम घिमिरे

२०८२ असार १, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,१ असार । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसा प्रकरणमा आफुले ल्याएको प्रस्तावबाट रास्वपा पछि हटेको आरोप लगाउनुभएको छ ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै घिमिरेले रास्वपाको प्रस्ताव अनुसार नै सरकारले भिजिट भिसा प्रकरणको छानविन गर्ने प्रतिवद्धता जनाउदा अन्तिममा रास्वपा पछि हटेको आरोप लगाउनुभएको हो ।

आफुले ल्याएको प्रस्तावबाट रास्वपा पछि हटेपछि समयमा नै बजेट पारित गर्न सदन चलाउनुको बिकल्प नभएको उहाले बताउनुभयो ।

घिमिरेले सदनलाई अघि नवढाए बजेट पारित गर्न असफल हुने देखिएकाले रास्वपाको विरोधका बाबजुत सदनलाई अघि बढाइने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय