पुतलीबजार नगरपालिकाका विज्ञ समूहले नगरको सेवा सुविधा नलिने

२०८२ असार २, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खड्का
स्याङ्जा, २ असार । पुतलीबजार नगरपालिका कार्यसमिति द्वारा गठित विज्ञ समूहले नगरले उपलब्ध गराउने कुनै पनि किसिमको सेवा सुविधा नलिने निर्णय गरेको छ ।

पुतलीबजार नगरपालिका द्धारा आयोजित नगर शाखा प्रमुख सहितको बिभिन्न बिषयगत समितिका संयोजक तथा सदस्य सचिवबीच आयोजित छलफल कार्यक्रममा शनिबार बोल्दै बिज्ञ समितिका संयोजक भरत लम्सालले पालिकाद्धारा उपलब्ध गराईने कुनै किसिमका सेवा, सुबिधा र भत्ता समेत नलिने बताउनु भएको छ।

स्थानीय पालिका र नगर बासीबीच सेवा सुविधा बिना नैं आवश्यक सहयोग गर्न विज्ञ समुह तयार रहेको लम्सालले बताउनुभयो । विज्ञ संयोजक लम्सालले पालिकाबाट दिईने सेवा र सुबिधा आफूहरुले प्रयोग नगर्ने बताउदै नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी सहित नगरबासीको सहयोगको अपेक्ष राखेको बताउनुभयो । समितिको पहिलो बैठकमा नै सेवा सुविधा नलिने निर्णय भइसकेको पनि थियो ।

स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १४ को उपदफा ९२० र ९३० मा भएको व्यवस्था अनुसार नगरस्तरीय बिज्ञ समिति गठन गर्ने निर्णय सँगै जेठ १७ गते बसेको कार्यपालिका बैठकले भरतप्रसाद लम्सालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।

समितिको संयोजकमा भरत लम्साल सहित बोधराज अर्याल, ध्रुव बन्धु पौडेल, भवानी अधिकारी र मनोज मल्ल मनोनित हुनुभएको छ। जस्मा विविध क्षेत्रमा योगदान र अनुभव बटुल्दै अघि बढ्नु भएका सामाजिक विकास र समृद्धिको लागि विविध सल्लाह सुझाब गर्ने अपेक्षा राखिएको छ ।

विज्ञ समितिले शिक्षा, स्वास्थ्य, कृषि तथा पशु विकास, सूचना प्रविधि, वन वातावरण, महिला, दलित, बालबालिका र जेष्ठ नागरिकका विषयमा नगरपालिकालाई आफ्नो विज्ञता अनुसार नीति निर्माण देखि आवश्यक हरेक क्षेत्रमा सल्लाह, सुझाब र समाधान सहित अघि बढ्न नगरलाई सहयोग गर्ने विषयमा नगरको अपेक्षा रहेको पुतलीबजार प्रमुख तुलसीराम रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय