काठमाडौ,३ असार । प्रमुख जिल्ला अधिकारीको रुपमा स्याङ्जा रहेर उत्कृष्ट काम गर्नु भएकी सह सचीव सुनिता नेपाललाई इलामको जिम्मेवारी दिइएको छ ।


गृह मन्त्रालयले आज गरेको सरुवामा नेपाललाई प्रमुख जिल्ला अधिकारीको रुपमा इलामको जिम्मेवारी दिइएको हो । जिल्ला प्रशासन कार्यालयको त्रैमासिक कार्यसम्पादनमा स्याङ्जा जिल्लालाई पहिलो स्थानमा पुर्याए पछि नेपालको काम प्रति सबैको चासो बढेको पाइन्छ ।