संसदमा उठ्याे वालिङ कुटपिटकाे विषय

२०८२ असार ५, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,४ असार ।  वालिङ नगरपालिका–१० का वडाध्यक्ष सुनिल खनालले रास्वपा नेता मेघ आले र दिनकर नेपालमाथि आक्रमण भएको भन्दै रास्वपा सांसद हरि ढकालले आपत्ति जनाउनुभएकाे छ।

प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद ढकालले आफ्नो पार्टीका केन्द्रीय नेताहरूमाथि सांघतिक आक्रमण भएको भन्दै आपत्ति जनाउनुभएकाे हाे ।

‘नदी बचाउ अभियानका हाम्रा केन्द्रीय नेता मेघ आले र दिनकर नेपालमाथि वालिङ नगरपालिका–१० का वडाध्यक्षले सांघतिक आक्रमण गर्नुभएकाे छ,’ सांसद ढकालले भन्नुभयाे ।

गत ३ असारमा खनालले आँधिखोला नदी संरक्षण अभियान घोषणा गरेर मोटरसाइकलमा फर्किएका आले र नेपाललाई वालिङ–९, सुर्कौदीमा रड प्रहार भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय