एकीकृत समाजवादीका सांसद थापाले च्यात्य बजेट पुस्तिका

२०८२ असार ५, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,४ असार । नेकपा एकीकृत समाजवादीका सांसद अम्मरबहादुर थापाले आगामी आर्थिक बर्षको बजेट पुस्तिका प्रतिनिधिसभा बैठकमा च्यात्नुभएको छ ।

सरकारले ल्याएको बजेटले जनताको भावनालाई समेट्न नसेकेको र एकाधिकार कायम गर्न खोजेको भन्दै सांसद थापाले सदनमा बजेटको रातो किताव च्यात्नुभएको हो ।

जनताबाट उठेको राजस्वबाट बनेको बजेट जनताप्रति उत्तरदायी नरहेकाले मन नपरेर रातो किताव च्यातेको उहाले बताउनुभयो ।

उहाले सरकारले ल्याएको बजेट र भौतिक मन्त्रालयको बजेट उल्टो बाटोमा हिँडेको आरोप समेत लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय