एसएसपीले गरे ग्वार्को ओभरपासको उद्घाटन

२०८२ असार ६, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ,६ असार । उपत्यका ट्राफिक प्रहरी प्रमुख (एसएसपी) नवराज अधिकारीले ललितपुरको ग्वार्कोमा निर्माण भएको ओभरपास उद्घाटन गर्नुभएकाे छ । उहाँले शुक्रबार उक्त ओभरपासको उद्घाटन गर्नुभएकाे हाे । एसएसपी अधिकारीले ओभरपासको उद्घाटन गर्दा सँगै रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ताली पड्काउनुभएकाे छ ।

उद्घाटन भएसँगै ओभरपासमा सवारीसाधन सञ्चालनमा आएका छन् । यसको ठेक्का आशिष-समानान्तर-रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा लिएको थियो ।

पटक–पटक समय थप गर्दा पनि काम नसकिएपछि २०८१ पुस १० बाट निर्माण कम्पनीलाई जरिवाना तिराएर काम गराइएको थियो । कम्पनीले दैनिक जरिवाना तिर्दै अहिले काम सकेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय