काठमाडौँ ,७ असार । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउन माग गर्नुभएकाे छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले अहिलेसम्म जनताको माग राखेर आन्दोलन गर्दा सदनमा जनताको आवाज नसुनिएको बताउनुभयाे।
उहाँले सरकारले संसदीय छानबिन समिति, उच्चस्तरीय छानबिन आयोग किन नबनाएको भन्दै प्रश्न गर्नुभयाे । जनताले सदनमा आफ्नो आवाज नसुन्ने हो भने कहाँ गएर सुनाउने ? भन्दै प्रश्न गर्नुभयाे ।

