गोपाल अधिकारी
स्याङ्जा,२१ असार । गत बर्षको एसईई परिक्षाको रिजल्टमा निल भएको गल्याङ नगरपालिका ७ मा रहेको राष्ट्रिय माबी यस बर्ष भने सत प्रतिशत रिजल्ट निकाल्न सफल भएको छ ।
यस पटकको एसईईमा सहभागी १२ जना मध्य १२ जनानै उतिर्ण भएको बिधालयका प्रधानाध्यापक ज्ञान प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
बि.स. २०२० मा स्थापना भएको उक्त बिद्यालय २०६८ साल देखि एस एल सी परिक्षामा समावेश भएको थियो । उक्त बिधालयको २०८० को एसईई रिजल्टमा भने सबै विद्यार्थी फेल भएका थिए । अथक मेहनत र कडा परिश्रमका साथ सबै गुरुहरु को एउटै उदेश्यबाट यो बर्ष सत प्रतिशत रिजल्ट आएको शिक्षिका राधा गुरुङले हेर्नेकुरा डटकम लाई जानकारी दिनुभयो ।