काठमाडौँ ,३० असार । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने हुनुभएको छ ।
आज प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले प्रचण्डले बैठकमा सम्बोधन गर्ने हुनुभएको हो । प्रचण्डले रसुवा बाढीपहिरो, समसामयिक राजनीतिलगायत विषयमा धारणा राख्नुहुने छ ।


सोमबारको बैठकमा अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने भएकाले आफ्ना सबै सांसदलाई अनिवार्य उपस्थित हुन माओवादीले निर्देशन गरेको छ ।