प्रजातन्त्र दिवसमा रक्तदान

२०७८ फाल्गुन ६, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गण्डकी, ६ फागुन । बहत्तरौँ प्रजातन्त्र दिवसको अवसरमा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा–१ बगरद्वारा आज खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

रक्त सञ्चार केन्द्र रामघाटको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा ३९ युनिट रगत सङ्कलन भएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बगरका संस्थापक अध्यक्ष सीता गुरुङ, प्रहरी नायब निरीक्षक होतबहादुर रोकालाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

पोखरा–१ का वडा सदस्य रुद्रप्रसाद सुवेदी च्वाई, सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वयका महासचिव मनपति भण्डारी, रक्तदाता स्वयंसेवी समाज नेपालका अध्यक्ष जीतेन्द्रमान शाक्य, लागुपदार्थ समाज सुधार नेपाल आमा समूहका अध्यक्ष विष्णु गुरुङ, राधा मानन्धरलगायले प्रजातन्त्र दिवसको बारेमा चर्चा गर्दै रक्तदानको महत्व माथि प्रकाश पार्नुभएको थियो ।
–––

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय