काठमाडौँ, ६ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको सजाय माफी गर्नुभएको छ ।
नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट आङनिमा शेर्पासमेतका १२ जनाको सजाय माफी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।