गोसाइँकुण्डमा नुहाउँदा २ जना बेपत्ता

२०८२ श्रावण १२, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १२ साउन । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नानको क्रममा आइतबार दुई जना तीर्थालु बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख हेमबहादुर शाहीका अनुसार बेपत्ता हुनेमा मोरङ जिल्ला विराटनगरका दुई युवक सुजन ढकाल र मोरङ बेलवारीका मनोज न्यौपाने रहेका छन् ।

गहिरो ठाउँबाट स्नान गर्न कुण्डमा पसेका कारण उनीहरु डुबेर बेपत्ता भएको आँकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय