स्याङ्जा,२१ साउन । पुतलीबजार नगरपालिका १२ राङखोलाबाट बिरुवा सदरमुकाम जाने सडक भाँसिएको छ । यो सडक बिरुवा हुदै तनहु जोड्ने सडक समेत हो । लगातारको बर्षाका कारण सडकको छेउ तर्फको एक मिटर चौडाई र ३५ लम्बाई भाँसिएको बिरुवा गाउँपालिका अध्यक्ष सुर्य प्रसाद कुँवरले बताउनुभयो ।
राङखोला र धोवादी बिचमा रहेको रातोपहरा भन्ने स्थानमा ठुलो पहिरो गएको पहिलोसँगै सडक भासिएको कुँवरले बताउनुभयो । उहाँले सडक ५० मिटर माथीबाट ६० मिटर लम्बाई पहिलो समेत गएको र तीन दिनबाट बाटो अबरुद्ध गएको बताउनुभयो ।


मङगलबार डिभिजन सडकको एक्साभेर र रक्तकुण्ड निर्माण सेवाको जेसीबी र दुई वटा ट्रिपर प्रयोग गरेर खोल्ने प्रयास गरेपनि बर्षाले सम्भव नभएको कुँवरले बताउनुभयो । मनसुन राम्रो भएको अब एक दुई दिनमा बाटो खुल्ने उहाँको भनाई थियो । घुम्ती रहेको र माथीबाट तल्लो घुम्ती र फेरी तल्लोमा माटो र ढुङगा जाने भएकाले पहिलो पन्छाउने असहज भएको हो ।
यहाँ साउन १३ गतेबाट बाटो अबरुद्ध भएको र तीन दिनमा खुलेको बताउदै कुँवरले एक दिन खुलेसँगै बर्षले फेरी बन्द भएको बताउनुभयो । बाटो अबरुद्ध भएकाले पालिकाले बिरुवा क्षेत्रका सर्वसाधारण, यात्रु र सवारी चालकहरूलाई सावधानी अपनाउन, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह समेत गरेको छ ।