कांग्रेस गण्डकी प्रदेश भातृ संगठनले अन्तर्क्रिया गर्ने

२०८२ श्रावण २१, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूजा खड्का
पोखरा,२१ साउन । नेपाली कांग्रेस गण्डकी प्रदेशको भातृ संघ समन्वय विभागले आफ्ना तीन महत्त्वपूर्ण भ्रातृसंस्थाहरूसँग अन्तर्क्रिया कार्यक्रम गर्ने भएको छ । कांग्रेसको गण्डकी प्रदेश भातृसंघ समन्वय विभागको प्रदेश कार्यालयमा साउन १५ गते विहिबार बसेको नियमित बैठकले साउन २२ गते पोखरा पार्टी प्लालेस बास्तोला थर पोखरा मा अन्तर्क्रिया कार्यक्रम को आयोजना गर्ने निर्णय गरेको हो ।

गण्डकी प्रदेश भातृ संघ समन्वय विभागका संयोजक अजित क्षेत्रीका अनुसार अन्तर्क्रियामा नेपाल प्रजातान्त्रिक सेनानी संघ, नेपाल लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल भुपु सैनिक संघको सहभागिता रहने जानकारी दिनुभयो। उहाले पार्टीको प्रदेश कार्यसमिति र तीन महत्वपूर्ण भ्रातृसंस्था हरू बिचको सम्बन्ध र समन्वय लाई थप प्रभावकारी बनाउने उद्देश्य ले अन्तर्क्रिया कार्यक्रम गर्न लागिएको जानकारी दिनुभयो।

कार्यक्रम उद्देश्य बमोजिम विषय केन्द्रित र परिणाममुखी बनाउने उद्देश्य सहित शीर्षक सँग सम्बन्धित ४० मिनेटको कार्यपत्र प्रस्तुत गरिने र वक्ताहरूले पनि समय सीमा तोकेर परिणाम मुखी र उद्देश्य बमोजिम अघि बढ्न कार्यपत्रलाई ध्यानमा राख्दै सहजीकरण गर्दै कार्यक्रमलाई उपलब्धिमूलक बनाउने प्रयत्न समन्वय विभाग को रहने संयोजक क्षेत्रीले जानकारी दिनुभयो।

अन्तर्क्रियामा तीनवटै भ्रातृसंस्था का गण्डकी प्रदेश पदाधिकारी र तोकिएका कार्यसमिति सदस्यहरू, गण्डकी प्रदेश अन्तर्गतका जिल्ला सभापति वा प्रतिनिधिहरू तथा गण्डकी प्रदेशबाट पार्टीको केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको सहभागिता रहने जानकारी क्षेत्रीले दिनुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय