लोकतान्त्रिक निर्माण व्यवसायी संघ स्याङ्जाको अध्यक्षमा रामचन्द्र पौडेल निर्वाचित

२०८२ श्रावण २१, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खड्का
स्याङ्जा, २१ साउन । लोकतान्त्रिक निर्माण व्यवसायी संघ स्याङ्जाको प्रथम अधिवेसन बाट रामचन्द्र पौडेल अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। पौडेलको अध्यक्षतामा १९ सदस्य जिल्ला कार्यसमिति चयन गरिएको पुतलीबजार नगरपालिकाका नगर सभापति सुरज कुमार अधिकारीले जानकारी दिनुभयो।

उहाँका अनुसार संघको उपाध्यक्षमा जगतबन्धु कोइराला र मनोज कुमार श्रेष्ठ, महासचिवमा गौरव प्रधान, उप महासचिवमा भरत मल्ल, कोषाध्यक्षमा रमेश शर्मा र सह—कोषाध्यक्षमा बेल माया शर्मा चयन हुनुभएको छ।

त्यसैगरी संघको सदस्यहरुमा भिम थापा, भानु अधिकारी, भुवन भण्डारी, आशिष प्रताप खाँण,कृष्ण मान श्रेष्ठ, अनिल क्षेत्री, अमर राना, रमेश रोका, सचिन क्षेत्री, सौजन गुरुङ्, सुरेन्द्र प्रसाद ढकाल र नवराज थापा रहनु भएको छ।

निर्वाचित सबै पदाधिकारी र सदस्यहरुलाई नेपाली काँग्रेस स्याङ्जाका जिल्ला सभापति तथा प्रतिनिधि सभाका संघीय सांसद राजु थापा कार्यक्रम मा बोल्दै निर्माण व्यवसायी संघको देशमा ठूलो भूमिका हुने उल्लेख गर्दै उहाकरुको समस्या का बारेमा जिल्ला पार्टी सभापतिको साथमा सांसदको हिसाब ले आफूले सहजीकरणको लागि पहल गर्ने सांसद पनि समस्याका बारेमा आवाज बुलन्द गर्ने बताउनुभएको थियो।

तदर्थ समितिका अध्यक्ष अर्जुन कुमार कार्कीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाली कांग्रेसका कार्यबाहक सभापति केदार काफ्ले, पूर्व प्रदेश सांसद भागवत प्रकाश मल्ल, नेपाली कांग्रेस जिल्ला प्रवक्ता भरत लम्साल, उद्योग बाणिज्य संघ तथा नेपाल तरुण दल का उपाध्यक्ष रबिन केसी, क्षेत्रीय सभापति कुम गुरुङ्ग लगायत निर्माण व्यवसाय संघ का पदाधिकारी सदस्यहरु को सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय