राजविराज , २४ साउन। सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–२ चाँदनी चोकमा बसको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । स्थानीय सीतापुरका ६८ वर्षीय बुदुर चौधरीको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिनुभयाे ।
पश्चिमबाट पूर्वतर्फ गइरहेको ना प्र १–०१–००१ ख ४५६० नम्बरको बसले पूर्व–पश्चिम राजमार्गअन्तर्गत चाँदनी चोकमा सोही पूर्वतर्फ जाँदै गरेका साइकलमा सवार चौधरीलाई पछाडिबाट ठक्कर दिएको थियो ।

