तनहुँमा ५१ दिने अखण्ड हवन

२०८२ श्रावण २४, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

तनहुँ,२४ साउन । हिन्दु धर्म ग्रन्थ अनुसार साउनको महिनालाई भगवान शिवको महिना भन्ने गरिन्छ । यो महिनामा भगवान शिवको नाममा विभिन्न तिर्थ व्रत गर्ने गरेको पाइन्छ । त्यसैअनुरुप तनहुँ जिल्लाको वेदव्यास नगरपालिका ३ वेदव्यासमा ५१ दिने अखण्ड हवन संचालन गरिएको छ ।

असार २६ गतेदेखि सुरु भएको उक्त हवन बिश्वकै पहिलो भएको वेदव्यास वैदिक सनातन धर्म शास्त्र अनुसन्धान प्रतिष्ठानका अध्यक्ष खेमराज अधिकारीले जानकारी दिनुभयो । हवन सुरु भएदेखि रात दिन २४ सै घण्टा चलिरहने हुँदा यो बिश्वकै ऐतिहासिक भएको उहाँको दाबी छ ।

वेदव्यास वैदिक सनातन धर्म शास्त्र अनुसन्धान प्रतिष्ठानको आयोजनामा असार २६ गतेदेखि संचालन भएको हवन भदौ १५ गतेसम्म चल्ने प्रतिष्ठानका अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीका अनुसार महर्षी वेदव्यासको जन्म भुमि, सनातन धर्मको उद्गगम स्थल सेती र मादी नदिको संगम रहेको हुँदा उक्त स्थानमा हवन संचालन गरिएको हो ।

सपनामा आएर भगवानले भनेपछि पृत्री दोष, ग्रह दोष, काल सर्प दोष सम्पुर्ण ग्रह दोषको लागि हवन सुरु गरिएको उहाँको भनाइ छ ।

राहु, सनि, कालसर्प, लगायतका ग्रह लाग्छ भनेर डरैडर देखाउने हाम्रो धर्ममा यी डरको निवारणको लागि हवन गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय