डेढगाउँ झ्यालवास सडक खण्डको शिलान्यास

२०७८ फाल्गुन १०, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

डेढगाउँ, १० फागुन । प्रदेशको सिमाना निर्धारण हुँदा नवलपरासी जिल्लाको दाउन्नेदेखि पूर्वको भूभाग गण्डकी प्रदेशमा प¥यो । अर्थात् नवलपरासी जिल्ला टुक्रिएर दुई जिल्ला बनाइयो ।

१० जिल्ल्ला सावकिकै गण्डकी अञ्चलका थिए । भौगोलिक मात्र होइन भावनात्मक रुपमा पनि पोखरासँग नजिक थिए । प्रदेश मात्र होइन मुलुककै कान्छो जिल्ला नवलपुर भने भौगोलिक र भावनात्मक रुपमै पोखराबाट अलि परकोजस्तो भयो । जसको कारण थियो सडक मार्गको पहुँच । त्यसो त सरकारले कोरला त्रिवेणी सडकलाई प्रदेशकै ‘लाइफलाइन’ मानेको छ । यो सडक प्रदेश गौरवको आयोजना पनि हो । कोरलादेखि पोखरासम्म सडक सञ्चालनमा आए पनि भीमादबाट नवलपुर निस्कनका लागि कुन बाटोलाई पूर्णता दिने अन्योल थियो । गण्डकीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा गठबन्धन सरकार बनेपछि यो अन्योल सकिएको छ । नवलपुरको बौंदीकाली गाउँपालिकाको डेढगाउँ हुँदै हुप्सेकोटको झ्यालवास निस्कने सडक मंगलबार शिलान्यास गरिएको छ । ठेक्का प्रक्रियामा गइसकेको उक्त १४ किलोमिटर सडक खण्डको प्रदेशका मुख्यमन्त्री पोखरेलले भव्य समारोहकाबीच डेढगाउँमा गरेका हुन् । यो बाटो बनिसकेपछि भीमादबाट नवलपुरको त्रिवेणीसम्मको सडक दुरी ९४ किलोमिटर हुनेछ । जसमध्ये दुम्कीवास त्रिवेणी खण्डको १५ किलोमिटरको ट्रयाक खुल्न बाँकी छ । कार्यक्रममा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लामो समयको अन्योल चिर्दै प्रदेश सरकारले काम अगाडि बढाएको बताए । उहाले भन्नुभयाे, ‘विगतमा भीमादबाट नवलपुरको मुख्य राजमार्ग जोड्न कुन बाटो बनाउने अन्योल थियो, हामीले डेढगाउँ झ्यालवास नै हो भनेर बजेट विनियोजन ग¥यौं र आज त शिलान्यास नै भएको छ ।’ नवलपुरको पहाडी भेगको विकासका लागि प्रदेश सरकारले विशेष प्याकेज नै बनाउने प्रतिबद्धता समेत उहांले जनाउनुभयाे ।

आफू सरकारको नेतृत्वमा आएदेखि नै प्रदेशको विकासका लागि सरोकारवालासँग छलफल गरेर त्यसै अनुरुप अगाडि बढेको भन्दै सिमित बजेटका वाबजुद नागरिकको मन छुने गरी काम गर्दै आएको उहांको भनाइ थियो । कालीगण्डकी डाइभर्सनको विरोध प्रदेश सरकारले सुरुदेखि नै गर्दै आएको भन्दै कालीगण्डकी भ्यालीको एकीकृत विकासका लागि आफूहरुले विशेष प्याकेज तयार गर्न लागेको भनाइ राख्नुभयाे । कार्यक्रममा भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले मुख्यमन्त्रीको चाहना अनुसार नवलपुरको समग्र विकासका लागि सरकारले संवेदनशील भएर योजना अगाडि सारेको भनाइ थियो । प्रदेश गौरवको आयोजना कोरला त्रिवेणी सडकको डेढगाउँ झ्यालवास खण्डको काम सुरु गरेर सरकारले नागरिकको चाहाना पूरा गरेको भनाइ राख्नुभयाे । उहांले भन्नुभयाे, ‘बजेट विनियोजन भएर ठेक्का प्रक्रियामा गइसकेपछि हामी बाटोमा ढुंगा हाल्न आएका छौं, भाषण गरेर नागरिकलाई अलमलमा पार्न हामीले जानेका छैनौं ।’उद्योग, पर्यटन, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले आफू नवलपुरको पहाडी भेगमा धेरै पटक ओहोरदोहोर गरेको भन्दै यस क्षेत्रको विकासका लागि बारम्बार आवाज उठाएको बताए । बुलिङटार, बौंदीकाली र हुप्सेकोटमा खानेपानी, बिजुली लगायतका समस्या समाधानका लागि प्रदेश सरकारले निरन्तर काम गरिरहेको जानकारी गराउनुभयाे । आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले त्रिवेणी कोरला सडक रणनीतिक मात्र होइन धार्मिक हिसावले पनि महत्वपूर्ण रहेको भनाइ राख्नुभयाे । त्रिवेणीबाट प्रवेश गरेको पर्यटक यो बाटो हुँदै मुक्ति पु¥याउनका लागि त्यसै अनुसारका पूर्वाधार तयार गर्नुपर्ने उहांको भनाइ थियो ।


पूर्वाधार विकास कार्यालय नवलपुरका प्रमुख इन्जिनियर रवीन्द्र तिवारीका अनुसार मंगलबार शिलान्यास गरिएको सडकले तनहुँको मानपुर जोड्ने छ । मानपुरबाट भीमादसम्मको सडक कालोपत्रे भइसकेको छ । डेढगाउँ झ्यालवास सडक खण्ड २ लेन अर्थात् ७ मिटर चौडाइमा पिच हुने छ । पिचसहितको सडकको चौडाइ भने १० मिटर रहनेछ । यसको कुल लागत ५१ करोड अनुमान गरिएको छ । ३० महिनामा काम सम्पन्न गर्ने गरी ठेक्का भएको कार्यलय प्रमुख तिवारीले बताए । संविधान सभा सदस्य महेन्द्रध्वज जिसी, प्रदेश सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक ओमकला गौतम, विधायन समिति सभापति विष्णुप्रसाद लामिछाने, प्रमुख सचिव रवीलाल पन्थ, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेले प्रदेशको आवश्यकता महसुस गरी विकासको काम अगाडि बढाइएको भनाइ राख्नुभयाे । उक्त अवसरमा जिल्ला समन्वय समिति नवलपुरका प्रमुख चेसराम आले, भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठ, हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, बौंदीकाली गाउँपालिका अध्यक्ष दुर्गाबहादुर राना, उपाध्यक्ष मायादेवी श्रेष्ठ, नेकपा एमाले जिल्ला सदस्य एवं बौंदीकाली गाउँपालिका इन्चार्ज श्यामसुन्दर श्रेष्ठ, नेपाली कांग्रेस पालिका सभापति केबी रानाले स्थानीय आवश्यकताका बारेमा चर्चा गर्नुभएकाे िथयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार