विदेशी मुद्रासहित भारतीय नगरिक पक्राउ

२०७८ फाल्गुन ११, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, ११ फागुन । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध विदेशी मुद्रा(अमेरिकी डलरलगायत) सहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

फ्लाई दुबईमार्फत काठमाडौँबाट दुबई जान लागेका भारतीय नागरिक शतिश परसोत्तम सजनानीलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । अवैध रुपमा विदेशी मुद्रा लैजान लागेको भन्ने विशेष सूचनाका आधारमा अनुसन्धान गर्दा उनको हाते झोलाबाट विभिन्न देशका मुद्रा फेला परेपछि पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । उनको साथबाट प्रहरीले २० हजार अमेरिकी डलर, रु ३१ हजार छ सय पाँच इङ्ल्यान्ड पाउन्ड, ५० जर्जिया लारी, एक सय भारतीय रुपैयाँ र एक हजार ३०० युएई दिराम बरामद गरेको छ ।

मङ्गलबार पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि आज राजश्व अनुसन्धान विभाग, ललितपुरमा बुझाइएको विमानस्थल सुरक्षा कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार