पूजा खड्का
स्याङ्जा, ३१ साउन । गल्याङ नगरपालिका वडा नम्बर १ राम्दी स्थित सिद्धार्थ राजमार्गमा अस्थायी प्रहरी चौकी राम्दी बाट खटिएको प्रहरी टोलीले सवारी साधन चेक जाच गर्ने क्रममा अवैध रुपमा ओसार पसार गरेको सामानहरु बरामद गरेको छ।


शुक्रबार दिउँसो अन्दाजी ४:१५ बजेको समयमा बुटवल बाट पोखरा तर्फ आउदै गरेको बा २ ख २९४२ नम्बरको हाइसमा बिल नभएको अन्दाजी मूल्य एक लाख साठि हजार सात सय पर्ने अवैध सामानहरु फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो।
गल्याङ नगरपालिका राम्दी बाट खटिएको प्रहरी टोलीले सवारी साधन चेक जाचको क्रममा ठूलो हेण्डल (ढोकामा राख्ने) १३ पिस, छिस्किनी १६ पिस, मिडियम हेण्डल ७ पिस, चुकुल ४ पिस, डोर स्टेपर १० पिस, सानो हेण्डल ४ पिस, ठूलो धारा ६ पिस, सानो धारा ९ पिस, ट्वाइलेट स्प्रे २ पिस, बेसन फिल्टर ५ पिस, कुर्था सुरुवाल २१ पिस र डोर मेसिन ६ पिस बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चौधरीले जानकारी दिनुभयो। साथै आवश्यक कारबाहीको लागि प्रक्रिया अघि बढाएको चौधरीले बताउनुभयो।