स्याङ्जा, ४ भदाै । लागू पदार्थ सेवन गरी सवारी चलाउने चार जना लापासे चेकिङ्ग गर्दा स्याङ्जाबाट पक्राउ परेका छन् ।
प्रहरी नियन्त्रण मा पर्ने चार मध्य लु २ ख ४१३ नम्बरको बस चालक उदयपुर जिल्ला चौडङ्गे गाउँपालिका वडा नम्बर ४ बस्ने वर्ष ३० का प्रेम परियार, ग २० प ८२७३ नम्बरको मोटरसाइकल चालक स्याङ्जा भिरकोट नगरपालिका वडा नम्बर ३ देउराली बस्ने ३० वर्षिय सागर राना, ग ६ प ६५८१ नम्बरको मोटरसाइकल चालक स्याङ्जा भिरकोट ३ कोखे बस्ने वर्ष २३ का लिला बहादुर खड्का र ग १४ प ८४६९ नम्बरको मोटरसाइकल चालक स्याङ्जा जिल्ला आँधीखोला गाउँपालिका वडा नम्बर १ पञ्चुल बस्ने ४८ वर्षिय नवीन गोर्खाली प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी प्रसन्न राज चौधरीले जानकारी दिनुभयो।


सडक दुर्घटना न्युनिकरण एबं यात्रालाई सहज बनाउने उद्देश्य सहित २०८२/२/६ गते बाट ला पा से चेकिङ्ग अभियान शुभारम्भ गरिएको र मंगलवार जिल्ला प्रहरी कार्यालय स्याङ्जा बाट खटिएको प्रहरी टोलीले पुतलीबजार नगरपालिका ३ बाड खोला स्थित सिद्धार्थ राजमार्ग मा सवारी साधन का चालक लाई लागू औषध सेवन गरे नगरेको चेक जाच गर्दा लागू पदार्थ सेवन गरी सवारी चलाएको पाइएको हुँदा नीजहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी चौधरीले जानकारी दिनुभयो।
निज चार जनालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीको लागि अगाडि बढाइएको सूचना अधिकारी चौधरीले बताउनुभयो।