दर्ता नभएको अवैध सामान ओसारपसारमा संग्लग्न एक पक्राउ

२०८२ भाद्र ४, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूजा खड्का
स्याङ्जा, ४ भदौ । दर्ता नगरेको कम्पनीको बिल पेस गर्ने बसका सहचालकलाई अवैध रुपमा सामान ओसारपसार गरेको भन्दै प्रहरीले फेदीखोला गाउँपालिका वडा नम्बर २ बाट सामान सहित व्यक्ति नियन्त्रणमा लिएको छ।

बेलहिया बाट पोखरा तिर आउँदै गरेको ग १ ख २१४४ नम्बरको यात्रुबाहक बस बाट बिल नभएको ६६ जोर अन्दाजी मूल्य १९ हजार को जुत्ता बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो।

 दर्ता नभएको कम्पनीको बिल पेस गर्ने सोही बस का सहचालक स्याङ्जा जिल्ला चापाकोट नगरपालिका वडा नम्बर १ बस्ने वर्ष १९ का सुगम रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको सूचना अधिकारी चौधरीले बताउनुभयाे।

सोमवार अन्दाजी ७: ३० बजेको समयमा फेदीखोला गाउँपालिका वडा नम्बर २ फेदीखोला स्थित प्रहरी बिट अगाडि प्रहरी चौकी फेदीखोला बाट प्र ना नी होम बहादुर क्षेत्रीको कमाण्डमा खटिएको प्रहरी टोलीले नियमित सवारी चेक जाच गर्ने क्रम मा दर्ता नभएको कम्पनीको बिल पेस गरेको भनी अवैध रुपमा ओसारपसार गरेको सामान फेला पारेको छ ।

आबस्यक अनुसन्धान तथा कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देही पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय