कच्ची लाई पक्की सडक बनाउदै चापाकोट नगरपालिका

२०७८ फाल्गुन १२, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, १२ फागुन । चापाकोट नगरपालिका भित्रका कच्ची सडकलाई पक्की बनाउने अभियानमा नगर लागेको छ । कच्ची सडक सञ्जालले सबै वडामा जोडिएको चापाकोट नगरपालिकालाई अब पक्की सडक सञ्जालले जोड्ने तयारीमा नगरपालिका लागेको हो । पाल्पा र तनहुँको सिमानामा रहेको यो नगरपालिका उर्भरभुमीको समेत सम्भावना बोकेको नगरपालिका हो । चापकोट नगरपालिकाको केन्द्र सम्म आउन र जान सबै वडावासीलाई सहज बनाउने उदेश्यले पक्की सडक सगँ जोड्ने क्रम बढ्न थालेको नगर प्रमुख शिवकुमार गिरीले बताउनुभयाे । नागरिकले उत्पादन गरेको बस्तु सहज रुपमा ओसार पसार गर्न सडक एक महत्वपूर्ण अंग भएकाले नगरपालिकाले पक्की सडक बनाउन जोड दिएको उहाँले बताउनुभयाे ।

अहिले सम्म चापाकोट नगरभित्र झण्डै १० किलोमिटर पक्की सडक बनिसकेको जानकारी नगर प्रमुख गिरीले दिनुभयाे । असार मसान्तभित्र सकिने गरी निर्माण हुन लागेको १५ सय मिटर पक्की सडकको शिलन्यास गर्दै नगर प्रमुख गिरीले विगतका संघिय र प्रदेश सरकारले सहयोग गरेको भए अहिले नगरभित्रका सबै सडक पक्की बन्ने दावी गर्नुभयाे । २ करोड ७६ लाखमा निर्माण हुन लागेको कालोपत्रे सडकले दार्सिङ्का जनतालाई चापाकोट केन्दू पुग्न सजिलो हुने छ । नगरपालिकाको कृष्णपुरबाट समीभञ्याङ, डोडे हुदै दार्सिङ् जाने सडकलाई कालोपत्रे बनाउन संघिय योजना आयोगको समपुरक अनुदानबाट बन्ने गिरीको भनाई छ ।

नगरपालिका र संघिय योजना आयोगको सहयोग यो सडकमा रहेको छ उहाँले भन्नुभयाे,‘यसबाट चापाकोटका जनता मात्रै होइन हरिनास र बिरुवा गाँउपालिकाका जनता पनि लाभान्वित हुनेछन् ।’ नागरिकको आवश्यकता र सहजतामा स्थानीय सरकार सदैव रहने उहाँकाे भनाइ छ । सडककै असुविधाका कारण धेरै नगरवासी तराई तिर झर्ने वा शहर बजारतिर बसाई सर्ने प्रचलनलाई रोक्न नगरपालिकाले कच्ची सडकलाई स्तरोन्नती तर्फ लागेको हो । सडकको सहज पहुँच, शिक्षा स्वास्थ्यको राम्रो सुविधा भएपछि चापाकोट नगरपालिकाबाट बसाई सराईमा समेत कमी आएको चापाकोट एफएमका प्रवन्धक रामप्रसाद भट्टराईले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय