तारकेश्वरमा ईभी माइक्रो बस खोलामा खस्यो

२०८२ भाद्र ९, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ९ भदौ । तारकेश्वर नगरपालिका–७ मा आज बिहान एक ईभी माइक्रो बस दुर्घटनाग्रस्त भएको छ । बागमती प्रदेश ०६–००१ ज ०५६२ नम्बरको सो माइक्रो काठमाडौं–नुवाकोट सडक खण्डमा गुड्ने क्रममा साङला खोलामा खसेको हो ।

चार्जिङ स्टेसनबाट बसपार्कतर्फ जाँदै गर्दा माइक्रो खाली रहेकाले कुनै मानवीय क्षति नभएको प्रहरीको भनाइ छ । बस खस्ने कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय