विदेशी मुद्रासहित भारतीय नगरिक पक्राउ

२०७८ फाल्गुन १२, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १२ फागुन ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसियाको अवैध विदेशी मुद्रा (मलेसियन रिंगेट )सहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

हिमालय एयरलाइन्सको उडान नं.H 9890 द्वारा काठमाडौँबाट मलेसिया जान लागेका भारतीय नागरिक आरीसलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । अवैध रुपमा विदेशी मुद्रा लैजान लागेको भन्ने विशेष सूचनाका आधारमा अनुसन्धान गर्दा उनको लगेज भित्र खैरो रंगको खाममा मुद्रा फेला परेपछि पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । उनको साथबाट प्रहरीले मलेसियन रिंगेट ३८,९००।(अडतिस हजार नौ सय) मात्र बरामद गरेको छ ।

बुधबार पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, ललितपुरमा बुझाइएको विमानस्थल सुरक्षा कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार