भालुपहाडमा मोटरसाइकल दुर्घटनामा परी फेदीखोलाका वाइसियल नेताको मृत्यु

२०७८ फाल्गुन १४, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा १४ फागुन ।  फेदीखोला–१ भालुपहाडमा मोटरसाइकल दुर्घटना हुँदा वाईसीएल नेता सुवास पौडेलको मृत्यु भएको छ ।

हिजो साँझ ६ बजेतिर वाईसीएल स्याङ्जाको बैठक सकेर ग ११ प १४५० नम्बरको मोटरसाइकलमा पोखरा जाँदै गरेका पौडेलको भालुपहाडमा दुर्घटना हुँदा मृत्यु भएको हो । ३४ वर्षीय पौडेल मोटरसाइकलमा एक्लै भएकाले तत्काल कसैले घटनाका बारेमा थाहा नभएको प्रहरीले जनाएको छ ।सडकबाट मोटरसाइकल चिप्लिएर झन्डै २ सय मिटर तल खसेको थियो ।

पौडेलको शव भने मोटरसाइकल भन्दा ५० मिटर माथि भिरमा अल्झिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जा सुचना अधिकारी राजेन्द्र प्रसाद अधिकारी जानकारी दिनुभयो ।हाल फेदीखोला गाउँपालिकाका माओवादी केन्द्रका सचिव , वाईसीएल स्वास्थ्य विभाग प्रमुख र केन्द्रीय सदस्य समेत थिए । फेदीखोला गाउँपालिका शोकमा परेको छ । पौडेलको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल स्याङ्जा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार