स्वास्थ्य चौकी उद्घाटन गर्न काङ्ग्रेस नेता श्रेष्ठ स्याङ्जा आउदै

२०७८ फाल्गुन १८, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कल्पना भट्टराई बस्याल

स्याङ्जा, १८ फागुन । नेपाल सरकारका पुर्व उपप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका पुर्व उपसभापति गोपालमान श्रेष्ठ गृह जिल्ला स्याङ्जा आउने हुनुभएको छ ।

बिहिवार भिरकोट नगरपालिका ८ मा रहेको ढापुक भञ्ज्याङ् स्वास्थ्य चौकी उद्घाटनको लागि नेता श्रेष्ठ स्याङ्जा आउन लाग्नु भएको उहाँका स्वकीय सचीव सुयोग चापागाईंले जानकारी दिनुभयो । उहाँका अनुसार बिहिवार अर्थात भोलि बिहान ८:३० बजेको फ्लाइटमा काठमाडौ देखि पोखरा आउने कार्यक्रम रहेको छ । बिहिवार भिरकोटमा १ बजे उद्घाटन कार्यक्रम रहेको पनि जानकारी दिनुभयो ।

जिल्ला दुई स्वास्थ्य चौकी उद्घाटन गर्न जिल्ला आउन लाग्नु भएका नेता श्रेष्ठले शुक्रबार १ बजे भिरकोट नगरपालिका ९ मा रहेको कालिकाकोट स्वास्थ्य चौकी उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने नेता श्रेष्ठकाे स्याङ्जा जिल्ला पार्टी कार्यालयमा नेता तथा कार्यकर्ता भेटघाट सनिवार बिहान ११ बजे लाई राखिएको छ । उहाँ सनिवारनै काठमाडौ फिर्ता हुने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय