अब समानुपातिक सांसद राख्ने/ हटाउने अधिकार अध्यक्षलाई

२०७७ चैत्र ७, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चैत, ७, काठमाडौं ।

सत्तारूढ नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको बन्द सूचीमा रहेको नाम हटाउने राख्ने या हेरर्फेर गर्ने अधिकार पार्टी अध्यक्षलाई प्रत्यायोजन गर्ने निर्णय गरेको छ।

शनिबार बालुवाटारमा बसेको बैठकले उक्त निर्णय गरेको एक नेताले बताए।

यसैगरी बैठकले माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, राम कुमारी झाँक्रीलाई पार्टी हितविरूद्ध काम गरेको नेतृत्व र पार्टीलाई खुइलाउन र सरकारको बदनाम गराउ गुटगत भेला गरेकोले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

यसैगरी, पार्टी केन्द्रीय कमिटी तथा मातहत कमिटीको सदस्यहरूको विदाइ, मनोनयन तथा कारबाही गर्ने अधिकार प्रत्यायोजन गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार