माधव नेपाल, भीम रावल लगायतलाई स्पष्टीकरण सोधिने

२०७७ चैत्र ७, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चैत, ७, काठमाडौं ।
सत्तारूढ नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा जारी छ।

बैठकमा सात वटा एजेण्डा पेश भएका छन्।

बैठकले माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, राम कुमारी झाँक्रीलाई पार्टी हितविरूद्ध काम गरेको नेतृत्व र पार्टीलाई खुइलाउन र सरकारको बदनाम गराउ गुटगत भेला गरेकोले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

समानुपातिक सांसदहरूको बन्द सूचीमा रहेको नाम हटाउने/राख्ने अधिकार अध्यक्षलाई

त्यस्तै, संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको बन्द सूचीमा रहेको नाम हटाउने राख्ने या हेरर्फेर गर्ने अधिकार पनि पार्टी अध्यक्षलाई प्रत्यायोजन गर्ने निर्णय गरिएको छ।

यसैगरी, पार्टी केन्द्रीय कमिटी तथा मातहत कमिटीको सदस्यहरूको विदाइ, मनोनयन तथा कारबाही गर्ने अधिकार प्रत्यायोजन गरिएको छ।

यस्तै बैठकले अदालत, निर्वाचन आयोग र अन्य आधिकारिक निकाय पार्टीको तर्फबाट गर्ने सबै काम पार्टी अध्यक्षलाई अख्तियारी दिने निर्णय गरेको छ।

२०७८ मंसिर २ देखि ६ सम्म हुने १० औं राष्ट्रिय महाधिवेशनका सन्दर्भमा विद्यमान हाल २ सय ६४ सदस्यीय कमिटी स्वत: आयोजक कमिटी बनाउने निर्णय गरिएको छ। अध्यक्ष र महासचिव आयोजक कमिटीको अध्यक्ष र महासचिव हुनेछ भने अन्य पदाधिकारी नहुने निर्णय गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार