बैंकिङ कसूर मुद्दामा एकजना फरार व्याक्ती पक्राउ

२०७८ चैत्र २३, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,२३ चैत । बैंकिङ कसूर मुद्दामा एकजना फरार अभियुक्तलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको छ ।

सिन्धुपाल्चोकको लिसंखु गाउपालिका(५ लाटेबोटडाँडा घर भई काठमाडौं महानगरपालिका(६ बौद्ध बस्दै आएका ३३ वर्षीय बज्रसिंह लामालाई मंगलबार सीआईबीको टोलीले पक्राउ गरेको हो ।

उनलाई उच्च अदालत पाटनले बैंकिङ कसूरमा दोषी ठहर गर्दै ८ दिन कैद सजाय र २५ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो । लामाले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानी(जानी एनएमबी बैंक लिमिटेड बौद्धको चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो ।

गोंगमा लुकिछपी बसिरहेको अवस्थामा लामालाई पक्राउ गरी फैसला कार्यान्वयनाका लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय