ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

२०७७ चैत्र १०, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङजा, चैत, १० । स्याङजाको गल्याङ नगरपालिका पारीचौर स्थित बेलचौर साँखर कच्ची सडकमा ट्याक्टर दुर्घटना भएको छ । दुर्घटना हुँदा ट्याक्टरका सहचालक गणेश गाहा खस्दा ट्याक्टरले किची घाईते भएका छन ।

रातिको समयमा ढुंग्गा लोड गरी कच्ची हिँडेको लु. अ. अ. फ. १०२० अस्थाई नम्बर पिलेट भएको ट्याक्टर दुर्घटना भएको प्रहरीको सुचना छ ।

तर ट्याकटर चालक अमित परियार र अर्का सहचालकले टयाक्टरबाट खसि घाइते भएका सहचालक गणेशलाई उपचार गराउन नलगी साखँर घाट कालिगण्डकी नदीमा लगि फालेको प्रहरीले जानकारी दिएको छ ।

सूचना प्राप्त हुन साथ प्रहरी अधिकृत सहितको टोली खटिई वेपत्ता गणेश गाहा फेला नपरेको र खोजी कार्य जारी रहेको, ्रप्रहरीले जनाएको छ ।
घटनामा संलग्न सोही ट्याक्टरका सहचालक सुनिल रानालाई पक्राउ गरी ज्यान सम्बन्धी कसूर“कर्तव्य ज्यान” मुद्धा दायर गरी मुद्दा चलाएको प्रहरीले जनाएको छ । यस्तै फरार भएका ट्याक्टर चालक अमित परियारको खोजतलास कार्य भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय