अवैध मुद्रा सहित भारतिय नागरिक पक्राउ

२०७९ बैशाख १, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ, १ बैशाख । इन्डिगो एयरलाइन्समा काठमाडौ बाट भारत जान लागेका नागरिक अबैध मुद्रा सहित पक्राउ परेका छन् ।

भारतिय नागरिक कन्हैया लाललाइ त्रिभुवन विमानस्थलमा चेकजाच गर्दा लुकाइ छिपाइ अवैध मुदा सहित फेला पारेको त्रिभुवन बिमानस्थलका सुचना अधीकारी हिमालय कुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

भारतिय नागरिकको डेल लेखिएको कालो रङको पछाडि भिर्ने ह्याण्ड व्याकमा चेकिङ गर्ने क्रममा हरियो प्लास्टिक भित्र नेपालमा प्रतिबन्धित गरिएको भारतिय रुपैया ५ सय दरको थान दुई सय सत्रले जम्मा भारतिय रुपैया एक लाख आठ हजार पाँच सय र नेपाली रुपैया १ हजारको दरले ६१४ र ५०० को दरले ८० ले नेपाली रुपैया छ लाख चौवन्न हजार लुकाइ छिपाइ भारत तर्फ लैजान लागेको अबस्थामा फेला पारि पक्राउ गरिएको छ ।

लाललाइ आवश्यक अनुसन्धान एवम कानुनि कारबाहिको लागि राजश्व अनुसन्धान विभाग हरिहरभपन पल्चोक ललितपुर बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय