स्याङ्जाको वालिङमा जिप दुर्घटना १३ को मृत्यु १२ घाइते

२०७९ बैशाख ३०, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, ३० बैशाख । स्याङजा वालिङ न.पा. १४ पञ्चमुल अर्खलबास स्थित भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसल तर्फ जाँदै गरेको ग. २ च. ३०२६ नं.को जिप अनियन्त्रित भई सडकबाट  अन्दाजी ५०० मिटर तल खस्दा १३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

बिहान करिब १०:२० बजेको समयमा जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी रबिन्द्र खनालले जानकारी दिनुभयो । घाइतेलाई पोखरा GMC अस्पताल पठाईएको र एक जनाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय