गल्याङ चेम्बर अफ कमर्सको पाँच दिने सरफ बनाउने तालिम

२०७९ असार ३, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा ३, असार । गल्याङ चेम्बर अफ कमर्सको आयोजनामा गल्याङको नेवार भवनमा ५ दिने सरफ बनाउने तालीम संचालन भएको छ । गल्याङका उद्योग ब्यबासायीहरुलाई मध्यनजर गर्दै उक्त तालीमको आयोजना गरिएको सस्थाका अध्यक्ष गगां प्रसाद श्रेष्ठको भनाइ छ ।

नगरपालिका उपप्रमुख हेमा न्यौपानेको प्रमुख आतिथ्यमा भएको तालिमको उद्घाटनमा बोल्दै न्यौपानेले गल्याङ हरेक नागरिकलाई ब्यबसायसंग जोडिनुपर्ने धारणा राख्नुभयो । उहाँले सबै सल्लाह सुझाव अनुसार नगरपालिका चल्ने हुँदा सबैको सल्लाह सुझावको अपेक्षा समेत राख्नुभयो । कार्यक्रम बोल्दै उहाँले दैनिक जिबनमा प्रयोग हुने कपडा धुने सरफ बनाउन सके दैनिकी खर्च समेत कम हुने हुँदा यो तालीम साच्चिकै उपयोगी रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै गल्याङ चेम्बर अफ कमर्सका अध्यक्ष गगां प्रसाद क्षेस्ठले सस्थाले ब्याबसायी हरुलाइ यस्तै तालिमको निरन्तर आयोजना बताउनुभयो । उहाँले अबका दिनमा पनि नयाँ नयाँ तालिम ल्याएर यहाँ रहेका संघसस्थाहरुसंग हातेमालो गर्दै काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ ।

यसै कार्यक्रमको स्वागत मन्तब्य चेम्बर अफ कमर्सका बरिस्ठ उपाध्यक्ष अर्जुन रानाभाटले गर्नु भएको थियो भने गल्याङका ११ वटै वडाका वडा अध्यक्ष हरुलाइ स्वागत गर्दै सम्मान ब्यक्त गर्नुभएको छ । शुभकामना मन्तब्य गल्याङ नगरपालिका वडा न. ३ का वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराई र वडा न. ५ का वडा अध्यक्ष घनश्याम भट्टराईले गर्नुभएको थियो र कार्यक्रम संचालन चेम्बर अफ कमर्सका महासचिब एबम भर्खरै नब निर्बाचित वडा नं ११ का वडा अध्यक्ष दल बहादुर सिङजलीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय