गठबन्धनबाट धोका खाएको स्याङ्जा काङ्ग्रेस यस पटक एक्लै चुुनाव लड्ने (भिडियो सहित)

२०७९ भाद्र १, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कल्पना भट्टराई बस्याल

स्याङ्जा, १ भदौ । स्थानीय निर्वाचनमा गठबन्धन गरेका स्थान जतिमा नेपाली काङ्ग्रेसले पराजय बेहोर्नु परेपछि आगामी निर्वाचनमा स्याङ्जामा गठबन्धन नगर्ने निष्कर्षमा नेपाली काङ्ग्रेस स्याङ्जा पुगेको छ ।

मंसिर ४ गते हुन लागेको निर्वाचन लाई लक्षित गर्दै नेपाली काङ्ग्रेस स्याङ्जाका प्रवक्ता भरत लम्सालले हेर्ने कुरा टेलिभिजनसंग कुराकानी गर्दै स्याङ्जामा गठबन्धन आवश्यक नरहेको बताउनु भएको हो । उहाँले भन्नुभयो “हामीले विगतको स्थानीय तहको निर्वाचन हेर्दा गठबन्धन भएका सबै स्थानमा पराजय बेहोर्नु पर्यो त्यसैले मंसिर ४ गते हुन लागेको संघ र प्रदेशको निर्वाचनमा स्याङ्जामा गठबन्धन गर्न आवश्यक छैन ।” राष्ट्रिय राजनीतिमा गठबन्धनको आवश्यक रहेपनि स्याङ्जाको लागि भने आवश्यक नभएको उहाँको धारणा थियो ।

निश्चिति समूहले आफ्नो पन्जामा पारेका बेला स्याङ्जाको राजनीतिमा केही विचलन देखिएकाे भन्दै नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन पछि स्याङ्जामा नेपाली काङ्ग्रेसको संगठन सुधार उन्मुख तिर गएको उहाँको धारणा थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार